spot_img

देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजीनामा दिए

पर्वत, जेठ १०— प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । देशबासीका नाममा टेलिभिजनबाट सम्बोधन गर्दै दाहालले आफ्नो नेतृत्वको सरकारले गरेका उपलब्धी प्रस्तुत गर्दै राजीनामा दिएको घोषणा गरेका हुन । राजनीतिमा इमान्दारिताको खडेरी रहेको भन्दै उनले  सहमतीअनुसार पद त्याग गरेको बताए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकारले गरेका राम्रा कामको उपलब्धि चर्चा गरे। फास्ट ट्र्याक निर्माण, लोडसेडिङ अन्त्य, स्थानीय तह निर्वाचनलाई उनले आफ्नो सरकारको महत्वपूर्ण उपलब्धिको रुपमा व्याख्या गरेका छन्। उनले षाड्यन्त्रकाबीच निर्वाचन सम्पन्न भएको बताए। षड्यन्त्र कसले गरेको थियो भन्ने खुलाएनन्।

प्रधानमन्त्री दाहालले आफ्नो सरकार गठन हुनुअघि सपनाको वर्षात गराइए पनि आर्थिक वृद्धिदर शून्य रहेको उनले बताए। यो आर्थिक वर्षमा ७।५ प्रतिशतको आर्थिक वृद्धिदरलाई उनले सरकारको महत्वपूर्ण उपलब्धिको रुपमा टिप्पणी गरे।

spot_img

भर्खरै