spot_img

पैंयूँको पहिलो निर्णय, गौतमको शालिक बनाइने

पर्वत, जेठ ८–पर्वतको पैंयूँ गाउँपालिकाको पहिलो बैठकले नेकपा माओबादीका तत्कालिन नेता कृष्णप्रसाद गौतमको सम्झनामा शालिक निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि पहिलो पटक बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यही जेठ १७ गते हातेमालोचोकमा शालिक अनावरण गर्ने निर्णय गरेको हो । गौतम तत्कालिन अवस्थामा नेकपा माओबादीका धौलागिरीकै बरिष्ठ नेता थिए । उनको जनयुद्धकै क्रममा स्याङ्जामा तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो । यसैबिच गाउँपालिकाको पहिलो बैठकले आर्थिक बर्ष २०७३÷७४ का बाँकी योजनालाई ब्यवस्थित रुपमा कार्यान्वयन गरी सम्पन्न गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले निर्वाचनमा उत्साहपुर्ण रुपमा सहभागी भएर मतदान गरेकोमा मतदातालाई धन्यबाद पनि दिएको छ । पैंयूँ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नेता खगेन्द्रप्रसाद तिवारी निर्वाचित भएका छन् ।

spot_img

भर्खरै