जेठ ३,काठमाडौं – मतदान सकिएको तिनदिन सम्म् अधिकांश स्थानीयत तहमा १० प्रतिशत पनि मतगणना हुन नकेपछि निर्वाचन परिणाम कहिलेसम्म आउने भन्नेमा अन्योल उत्पन्न भएको छ ।
आईतबार पहिलो चरणअन्र्तगत दुई सय ८३ मध्ये दुई सय ८१ स्थानीय तहमा मतदान भए पनि काठमाडौं ललितपुर,भक्तपुर,पोखरालगायत अधिकांश ठाउँका मतगणना १० प्रतिशत भन्दा बढि हुन सकेको छैन, यो खबर आजको नागरिक दैनिकमा छ ।
गणनाले गति लिन नकेपछि निर्वाचन परिणामको पर्खाईमा रहेका सर्वसाधारणले निर्वाचन आयोगको आलोचना गर्न थालेका छन् ।