काठमाडौं २७ वैशाख । मुलुकको उर्जा व्यवस्थापनका लागि निकै महत्वपूर्ण मानिएको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा न्युन बजेट प्रस्ताव गरेको छ ।
१२ सय मेगावटको बुढीगण्डकी आयोजनालाई सरकारले साढे ६ अर्ब मात्रै बजेज प्रस्ताव गरेको छ । बुढीगण्डकीलाई साढे ६ अर्ब मात्रैलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । निर्वाचनको उत्साहसँगै चन्दाको दबाबमा व्यवसायीलाई पनि कारोबारले लेखेको छ ।
एअरलाईन्सको चुक्ता पूँजी १० गुणासम्म बढ्नेलाई लेखेको कारोबारले कछुवा गतिमा महाकाली सिँचाईलाइ लेखेको छ ।
वाणिज्य बैंकहरुको ब्याजदरअन्तर २७ महिनायताकै उच्चलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । ६ वटा आधुनिक पेट्रोल पम्प खोल्न स्वीकृतिलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।
वैदेशिक व्यापार ३६ प्रतिशले वृद्धिलाई आर्थिक अभियानले मुख्य समाचार बनाएको छ । आइओसीको टोली काठमाडौं आएको सन्दर्भमा विभिन्न परियोजनामा लगानी गर्न तयारलाई पनि अभियानले लेखेको छ ।
विवादमा राजस्व अनुसन्धान विभागलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । नौ महिनाको व्यापार सन्दर्भमा भारतवाट पौने पाँच खर्बको आयातलाई अन्नपूर्णले लेखेको छ ।