पर्वत, बैशाख २५, मोदी गाउँपालिकामा नेपाली काँग्रेसले संगठन मजबुत बनाउदै लगेको छ । आठ वटा वडामध्ये अधिकांश वडामा स्पष्ट बहुमत रहेको मोदीमा काँग्रेसको बिचार, विकास निर्माणका काम र आगामी दिनमा समेत थप भरोसा गर्दै प्रवेश गर्ने क्रम जारी छ ।
मोदीमा नेपाली काँग्रेस पर्वतका सचिव एवम् काँग्रेसका प्रभावशाली नेता, लामो समयदेखि सामाजिक भूमिका सक्रिय बिश्वप्रकाश प्रसाई र महिला नेतृ मिना केसी चुनावी मैदानमा छन् । नेपाली काँग्रेसले उम्मेदवार छनौट गरेपछि काँग्रेससँगै अन्य दलका कार्यकर्ताले समेत उत्साहित बनाएको मोदी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बिश्वप्रकाश प्रसाईले बताए ।
‘अन्य दलका कार्यकर्ताहरुसमेत काँग्रेसमा प्रवेश गर्ने निकै बढेको छन्, मैले जितिसकेको अनुभुति गरेको छु’ प्रसाईले भने । सोमबार एकाबिहानै मोदी गाउँपालिका वडा नम्बर २ बाजुङमा नेकपा एमाले र माओबादी केन्द्रका चर्चित युवाहरु काँग्रेसमा प्रवेश गरेको छन् ।
सचिव प्रसाईसहित नेपाली काँग्रेस पर्वतका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता युवराज जोशी, बिद्धान गुरुङले उनीहरुलाई अबिर, खादा लगाएर र काँग्रेसको साधारण सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका थिए ।