spot_img

भीरबाट लडेर महिलाको मृत्यु

कन्चनपुर, भदौ १७ । अछामको कालेडाँडा गाविस–२ मा भीरबाट लडेर एक महिलाको बुधबार मृत्यु भएको छ ।

स्थानीय दोगाडे जङ्गलमा घाँस काट्न गएकी २६ वर्षीया जलु भुलको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले जनाएको छ ।

मृतकका ससुराले घटनाबारे जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरी टोलीले शव आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

spot_img

भर्खरै