spot_img

कैलालीमा कर्फ्युको समय घटाइयो

धनगढी, भदौ १६ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको कर्फ्युको समय घटाएपछि जनजीवन केही सामान्य बन्न थालेको छ ।

कर्फ्यु समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ । स्थानीय प्रशासनले धनगढीमा दैनिक चार घन्टा र टीकापुरमा बिहानको समयमा कर्फ्यु फुकुवा गरेपछि जनजीवन सामान्य बन्न थालेकोे हो ।

कर्फ्यु समय छोट्याउँदै स्थानीय प्रशासनले धनगढीमा बुधबार मध्याह्न १२ बजेबाट अपराह्न ४ सम्म निषेधाज्ञा जारी गरेको छ ।

यसैगरी, टीकापुर नगर क्षेत्रमा लगाइएको २४ घन्टे कर्फ्युको समय बिहानको समयमा फुकुवा गरिएको छ । त्यहाँ बुधबार बिहान ७ देखि ११ बजेसम्म कर्फ्यु फुकुवा गरिएको स्थानीय प्रशासनले जनाएको छ । रासस

spot_img

भर्खरै