spot_img

पोल्याण्डमा थप शरणार्थी स्वीकार

 

 

वार्साव,  भदौ १५ । पोयाण्डका प्रधानमन्त्री इवा कोपाक्जलले सोमबार देशले थप २ हजार २०० शरण माग्ने व्यक्तिको आवेदन स्वीकार गरेको घोषणा गर्नु भएको छ ।

कोपाक्जकाअनुसार युरोपियन युनियन (इयु) ले हालैमात्र अघि सारेको शरणार्थीको थप विकाशको लागि अझै राम्रो पुनर्वास दिने कार्यक्रमप्रति उहाँको समर्थन रहेको छ ।

युरोपियन युनियनले सन् २०१५ को जुन र जुलाईमा ६० हजार भन्दा बढी आप्रवासी र शरणर्थी पुनर्वासको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

जसमा युरोपियन युनियनदेखि बाहिरी इलाकामा अवस्थित शिवीरमा बसोबास गर्दै आएका २० हजार व्यक्ति सहभागी रहेका थिए

spot_img

भर्खरै