नयाँ दिल्ली, भदौैं ११ । भारतीय राज्य गुजरातमा जारी रहेको हिंसात्मक आन्दोलनमा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार बिहीबारसम्ममा सो राज्यमा जारी रहेको आन्दोलनका क्रममा ती व्यक्ति मारिएका हुन् ।
गुजरातमा त्यहाँको एक स्थानीय समुदाय पटेल समुदायले आफ्ना समुदायलाई आरक्षणको मागगर्दै केही दिनयतादेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले बिहीबार पनि सो आन्दोलनलाई जारी नै राखेका बताइएको छ ।
जारी आन्दोलन हिंसात्मक भएपछि नौ जनाको ज्यान गएको पुष्टि भएको छ । मङ्गलबार पटेल समुदायको यस आन्दोलनको नेतृत्व गरेका एकजना २२ वर्षीय हार्दिक पटेललाई पक्राउ गरेपछि आन्दोलनले हिंसात्मक रुप लिएको हो ।
यस समुदायका नागरिकले गएको मङ्गलबार गुजरात राज्यमा नै बन्दको आयोजना गरेका थिए । सो बन्दका क्रममा कम्तीमा पनि १०० वटा बसमा आगजनी गरिएको थियो ।
त्यसैगरी उक्त बन्दका क्रममा हिंसा गरेको भन्दै हार्दिकसहित अरु पनि कयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । त्यसपछि सो राज्यमा आन्दोलन भड्किएको बताइएको हो ।
आन्दोलनमा सहभागीमध्ये छ जनाको प्रहरी कारबाहीमा ज्यान गएको छ भने अरु तीन जना दङ्गाका क्रममा मारिएका छन् । तर आन्दोलनकारीले भने सबै जनाको नै प्रहरीको कारबाहीमा परी ज्यान गएको दाबी गरेका छन् ।
प्रदर्शनकारीहरुले अहमदावादमा धर्ना दिइरहेका छन् । हजारौँ प्रदर्शनकारीले झण्डासहित नारा जुुलुश गरिरहेका छन् । उनीहरुले त्यहाँका कतिपय सरकारी कार्यालयमा पनि आक्रमण गरेका छन् ।
सरकारले बुधबार नै आन्दोलनकारीहरुलाई दबाउन हजारभन्दा बढीको सङ्ख्यामा अर्धसैनिक बल त्यसतर्फ पठाएको छ । बिहीबार पनि विगतका दिनहरुका तुलनामा आन्दोलनमा हिंसा मच्चिएको बताइएको छ ।
गुजरात राज्यमा गएको मङ्गलबारदेखि नै विद्यालय र कलेजहरु बन्द गरिएका छन् भने बुधबारबाट मोबाइल फोनको सेवा पनि बन्द गरिएको छ ।
उनीहरुले पटेल जातिलाई पनि राज्यको सेवा सुविधाका लागि आरक्षणको सूचीमा नराखेसम्म आन्दोलन नरोक्ने जनाएका छन् । आन्दोलनका क्रममा करिब डेढ सय जना घाइते भएका छन् । रासस÷सिन्ह्वा