spot_img

इजरायलमा बस्ने नेपालीद्वारा विद्यालयलाई रु दश लाख

त्रिशूली(नुवाकोट), ७ भदौ । इजरालयमा रहेर काम गरिरहेका नेपालीले सङ्कलन गरी पठाएको रकम भूकम्पबाट भत्किएका विद्यालयलाई सदरमुकाम विदुरमा वितरण गरिएको छ । 

सत्र विद्यालयलाई प्रतिविद्यालय रु ६१ हजार सात सय ६५ का दरले जम्मा रु १० लाख ५० हजार वितरण गरिएको हो । सहयोग रकम वितरण गर्दै जिल्ला दैवीप्रकोप उद्धार तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ उमेशकुमार ढकालले भूकम्पले भत्काएको विद्यालयलाई प्रदान गरिएको रकमले थोरै भए पनि अस्थायी टहरा निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भुकम्पपीडित सहयोग अभियान इजरायलका सहयोगी डा उद्धव प्याकुरेलले विदेशमा बसेका नेपालीले नेपालको भूकम्पको पीडालाई थोरै भए पनि राहत प्रदान गरेको बताउनुभयो । रासस

spot_img

भर्खरै