काबुल, भदौ ५ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एक आत्मघाती कारबम आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ ।
घटनामा ६० जना नागरिक घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने धेरै सामान्य नागरिक भएको समेत जनाइएको छ ।
घटनामा मृत्यु तथा घाइते हुने मध्ये चार विदेशी नागरिकसमेत रहेको जनाइएको छ ।
स्थानीय समयअनुसार करिब चार बजेर १५ मिनेट जाँदा भएको उक्त विस्फोटमा दर्जनौ कार तथा घरहरुमा क्षति पुगेको पनि प्रहरी जनाइएको छ । (एजेन्सी) ।