spot_img

एक महिनादेखि हराएका वृद्धको शव भेटियो

इलाम, ३० पुस । एक महिनादेखि हराइरहेका मावुका एक वृद्धको शव सडेगलेको अवस्थामा स्थानीयले भेटेका छन् । मङ्सिर २५ गतेदेखि हराइरहेका मावु–३ का ६५ वर्षीय गोपालसिंह लिम्बूको शव भेटिएको हो ।

अचानक घरबाट हराएका लिम्बूलाई स्थानीयले सोही गाउँको भिरको फेदमा कुहिएको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । आफन्त कोही पनि नभएका अविवाहित लिम्बू धामीझाँक्रीको समेत काम गर्दै आएका थिए ।

अघिल्लो समाचारपुरानै कुरा छ
अर्को समाचारबाटो भत्कदा आवतजावत बन्द
spot_img

भर्खरै