spot_img

समयमै संविधान जारी नभए दुर्भाग्य – नेम्वाङ

काठमाडौँ, ४ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि राजनीतिक दलहरुबीचमा थप क्रियाशीलता आवश्यक भएको बताएका छन् ।

उनले भने “जनताका सामु राजनीतिक दलहरुले माघ ८ मा सहमतिका माध्यमबाट संविधान जारी गर्ने प्रतिबद्धता जनाएका हुन्, समयसीमा नजिकिँदो छ यसलै म दल र तिनका नेतालाई थप क्रियाशील हुन आग्रह गर्दछु ।”

नेपाल रेडक्रस सोसाइटीद्वारा संसद्सँग रेडक्रस विषयक आज आयोजित छलफलमा अध्यक्ष नेम्वाङले संविधान निर्माणका क्रममा दलहरुबीचमा देखिएका केही असहमतिलाई छिटो सहमतिमा पुग्न आफूले बारम्बार आग्रह गर्दै आएको चर्चा गर्दै अब पनि निर्धारित मितिमा संविधान जारी नहुने हो भने यो भन्दा ठूलो दुर्भाग्य मुलुकका लागि अरु केही नहुने धारणा राखे ।

spot_img

भर्खरै