spot_img

ऋतिक एशियाकै सबैभन्दा सेक्सी पूरुष

बलीउड अभिनेता ऋतिक रोशन तेश्रो पटक एशियाकै सबैभन्दा सेक्सी पुरुष घोषण भएका छन् । ५० सेक्सीएस्ट एशियन मेन इन द वल्डको सूचि प्रत्येक बर्ष ब्रिटेनको साप्ताहिक पत्रिका इस्टर्न आईले सार्वजनिक गर्ने गर्दछ ।
४० वर्षीय ऋतिक यस उपाधीको एघारौं संस्करणमा फेरी पहिलो नम्मरमा परेका छन् । पछिल्लो बर्ष भने उनी यो लिष्टमा पछाडि परेका थिए ।
यो लिष्टमा टीभि अभिनेता कुशाल टंडन सबैलाई आश्चार्यचकित पार्दै दोश्रो नम्मरमा परेका छन् । गत बर्षका विजेता अली जफर यो बर्ष भने तेश्रो नम्मरमा पुगेका छन् ।
टीभी अभिनेता विवियन डी’सेना पहिलो पटक यो सूचिको १० औं नम्मरमा परेका छन् । अभिनेता ऋतिक रोशनले यो उपाधीले सम्मान गरेकोमा इस्टर्न आईलाई धन्यवाद भन्दै खूसि व्याक्त गरेका छन् । यहि पत्रिकाले सार्वजनिक गरेको एसियाकै सबैभन्दा सेक्सी महिलामा प्रियंका चोपडा शिर्श स्थानमा परेकी थिइन् ।

spot_img

भर्खरै