spot_img

धरणीधर पुरस्कार जयबहादुरलाई

नेपाली भाषा एवम् साहित्यको उत्थानका लागि विगत तीन दशकदेखि सक्रिय धरणीधर पुरस्कार प्रतिष्ठानले २०७१ सालको धरणीधर पुरस्कारबाट कवि जयबहादुर राई (जय छाङ्छा) लाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाको सभापतित्वमा शनिबार विराटनगरमा बसेकोे बैठकले आगामी माघ २४ गते १२२ औँ धरणीधर जयन्तीको उपलक्ष्यमा रु ११ हजार १११ नगदसहित राईलाई पुरस्कृत गरिने जनाएको छ । यसैगरी प्रतिष्ठानले आख्यानकार पद्मावती सिंहलाई पनि सोही अवसरमा सम्मान गर्ने जनाएको छ ।

spot_img

भर्खरै