सिड्नी , नेपाली युवा आरोही सन्जय पण्डीतले अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टो चढेर नया किर्तिमान बनाएका छन । लामो दुरीका धावकका रुपमा चिनिएका सन्जय पछिल्लो समयमा किर्तिमानी आरोहीका रुपमा स्थापीत हुन पुगेका छन । यस अघि उनले अफ्रीकाको चुचुरोमा छिटो चढेर र युरोपको सवोच्च शिखरमा अर्धनग्न रहेर किर्तिमान बनाएका थिए ।
अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजीयस्कोलाई उल्टो हिडेर छिचोल्ने क्रममा संजयले ५ घन्टा ४५ मिनेट लगाएका थिए । उनले करिब ६ घण्टाको कठिन यात्रा पछि चुचुरोमा चन्द्रसुर्य अंकित झण्डा फरफराएका थिए । उनको यो किर्तिमानी आरोहणमा सिड्नीका सन्चारकर्मी र ब्यवशायिले पनि साथ दिएका थिए ।बिश्वको सातै महादेशका अग्ला हिमाल चढेर सेभेन समिटरको उपाधिका लागि प्रयत्नरत सन्जयले एशिया,युरोप,अफ्रीका र अस्टे«लियाको उच्च शिखरको सफल आरोहण गरिसकेका छन । अब आफ्नो लक्ष्य अमेरिकाको डेनाली रहेको उनी बताउछन् ।
बिश्वको सर्बोच्च शिखर सगरमाथा दुइ पटक छिचोलेका सन्जयले त्यसपछी भने दिमागमा सेभेन समिट अर्थात सातै माहादेशका सर्बोच्च शिखर चढने निर्णय लिए । त्यसपछि उनले अफ्रीकाको छानोका रुपमा चिनिएको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कर्तिमान कायम गरे । लगत्तै सन्जयले युरोपको सर्बोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नया बिश्व किर्तिमान कायम गरे । यस पटक उनले अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्कोको उल्टो आरोहण गरेर थप किर्तिमान कायम गरेका छन ।