त्यसैगरी आवासीय विद्यालयको विकास तथा विस्तार, राष्ट्रपति रनिङ शिल्ड, स्काउट गतिविधि, ‘पढ्दै कमाउँदै–सिक्दै रमाउँदै’ कार्यक्रम तथा डिजिटल र प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तारका लागि २ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ। महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, सीप विकास तथा आयआर्जन प्रवर्द्धन, बालमैत्री स्थानीय शासन, ज्येष्ठ नागरिक सम्मान तथा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणलाई समेत बजेटले प्राथमिकता दिएको छ।
सामाजिक कुरीति तथा विभेद न्यूनीकरण, बालविवाह, बालश्रम र दाइजो प्रथाविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गरिने तथा सामाजिक सूचना व्यवस्थापन प्रणाली (SIMS) लाई थप प्रभावकारी बनाइने बजेटमा उल्लेख गरिएको छ।उपाध्यक्ष लामिछानेले प्रस्तुत गरेको बजेटले शिक्षा सुधार, सामाजिक विकास, महिला सशक्तीकरण तथा समावेशी विकासलाई केन्द्रमा राख्दै स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको बताएका छन्।


