पर्वत, नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले समाचारको विषयलाई लिएर धम्की दिएका छन् । काँग्रेसमा गरिव निमुखा अवसरबाट बञ्चित विषयमा प्रकाशित समाचारलाई लिएर जोशीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार छविलाल तिवारीलाई घरबाटै थुतेर गाला सेकेर मार्छु भनेर धम्की दिएका हुन ।
मंसिर २३ गते सारथीन्युज अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर सभापति जोशीले सोमबार राती फोन गरेर धम्की दिएका हुन । सोमबार राती ८ः२७, ८ः२९, ८ः३०, ८ः३७, ८ः३८ गरी जोशीले फोन गरेका थिए । ८ः४७ मा फोनमा कुरा गर्दै मन्दिर नजिक २ मिनेट भेट्नप¥यो भाई भनेका थिए । तिवारीले आफु सुतिसकेको भोली भेट्ने बताएपछि ४४ सेकेन्डमा फोन काटेका थिए ।
पुनः ८ः५१ मा फोन गरेर त पहिला नै मर्नपर्ने होस, के समाचार लेखिस ? घरमा आएर थुतेर गाला सेकेर मार्छु भनेका थिए । दुई मिनेट ५० सेकेन्ड धम्काएका जोशीले पटक–पटक गरी मंगलबार बिहानसम्म ३८ पटक फोन गरेका छन् ।
कांग्रेस सभापतिद्धारा पत्रकार मार्ने धम्की


