spot_img

नेपाली काँग्रेस पर्वतको बदमासी, गरिब निमुखालाईअवसरबाट बञ्चित

पर्वत, नेपाली काँग्रेस पर्वतले पार्टीमा गरिब, निमुखालाई पार्टीको अवसरबाट बञ्चित गर्ने भएको छ । विगतदेखि पुजिपति पार्टीका रुपमा आरोप लाग्दै आएको काँग्रेसमा अवसर आउदा नेता कार्यकर्ताको हितविपरित शुल्क तोक्ने परिपाटीले काँग्रेसले गरिव निमुखालाई अवसरबाट निषेध गर्दै आएको हो । नेपाली काँग्रेसले आज मंगलबार सीमित पदाधिकारीलाई बोलाएर उम्मेदवारीका बारेमा छलफल गरेको थियो । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन, समानुपातिक निर्वाचन प्रणाली र राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा उम्मेदवारी दिन चाहेका इच्छुक नेता कार्यकर्तालाई बञ्चित गर्नेगरी नेपाली काँग्रेस पर्वतले शुल्क तोकेर निषेध गरेको एक नेताले जानकारी दिए । ‘यो त काँग्रेसको इतिहासमा लाजमर्दो भयो, पैसा नभएका गरिब र निमुखाले कांगेसमा आखा नलगाए भयो’ उनले भने–‘मेरो पनि चाहना छ भन्न पनि ५ हजार तिर्न पर्ने भयो ।’ यसअघि बिपि स्मृति भवन निर्माण गर्ने भन्दै पैसा उठाएर सार्वजनिक नगरेको पर्वत काँग्रेसले १४ औ महाधिवेशनमा पनि अत्यधिक शुल्क राखेर गरिव र निमुखालाई उम्मेदवारीबाट बञ्चित गरेको थियो । बिपि स्मृति भवनको संयोजक रहेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले मैले १ रुपैया भ्रष्टाचार गरेको छैन भनेपनि पार्टी भवनको हिसावकिताव सार्वजनिक नगरेर आलोचित रहदै आएका छन् । नेपाली काँंग्रेस पर्वतका पार्टीसचिव गुप्तनिधि शर्माले २०८२ सालको राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिसभा निर्वाचन र समानुपातिक निर्वाचन प्रणालीका लागि आकांक्षा गरेवापत ५ हजार रुपैयाँ लिने निर्णय भएको जानकारी दिए ।

spot_img

भर्खरै