spot_img

बैदेशिक रोजगारीसम्बन्धी घरघरमा सचेतना फैलाउनुपर्नेमा नगर प्रमुख जोशीको जोड

पर्वत, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले सुरक्षित बैदेशिक रोजगारीसम्बन्धी घरघरमा पुगेर सचेतना फैलाउनुपर्नेमा जोड दिनुभएको छ । सुरक्षित बैदेशिक रोजगारसम्बन्धी बिषयगत समिति र विषयगत शाखाहरुसंगको छलफल कार्यक्रमका प्रमुख अतिथि जोशीले रोजगारीका लागि जाने हरेकलाई सुरक्षित बैदेशिक रोजगारको बिषयमा ज्ञान दिनैपर्ने बताउनुभयो ।
कार्यक्रमको उद्देश्य पुरा हुनेगरी पुर्ण कार्यान्वयनमा लाग्न आग्रह गर्दै जोशीले श्रमस्वीकृति सहित बैदेशिक रोजगारीसम्बन्धी सबै बुझेर मात्रै जानुपर्ने बताउनुभयो । श्रमस्वीकृतिसहित बैदेशिक रोजगारीसम्बन्धी ज्ञान हुनेलाई थप झण्झट नहुने भएकोले र कुनै समस्या आएमा पनि समाधानका लागि सहज हुने धारणा जोशीको थियो । नगर प्रमुख जोशीले कुश्मा नगरपालिकाले सुरक्षित बैदेशिक रोजगारीसम्बन्धी समुदायस्तरमा समेत कार्यक्रम गर्दै आएको र पर्वतका अन्य पालिकाले पनि आवश्यक बजेट बिनियोजन गरेर यो कार्यक्रमलाई घरघरमा पु¥याउनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले बैदेशिक रोजगारीमा जाने क्रम बढेसंगै सुरक्षित आप्रवासन कार्यक्रमलाई अझै प्रभावकारी हुनेगरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । राहदानी बनाउन आउनेदेखि नै सुरक्षित बैदेशिक रोजगारीका लागि सचेत गराएर काउन्सिलिङ गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत पौडेलको जोड थियो । उहाँले पनि बैदेशिक रोजगारीसम्बन्धी शिक्षा घरघरमा पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वर गिरी, शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद तिवारी, बरिष्ठ प्रशासकिय अधिकृत धुब्रराज पौडेल, लेखा अधिकृत अमृत रेग्मीलगायत विभिन्न पालिकाका रोजगार शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सामी कार्यक्रमका जिल्ला संयोजक कुलचन्द्र रेग्मीले पर्वत जिल्लामा सञ्चालित सामी कार्यक्रमको गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो ।

spot_img

भर्खरै