spot_img

वडा अध्यक्षकै घर जोखिममा

पर्वत/बिहादी वडा नम्बर ४ वहाकीका वडा अध्यक्ष बिष्णुप्रसाद भुसालको घर पहिरोको जोखिममा परेको छ । केही दिनयता परेको अविरल बर्षाका कारण घर भएको जमिन चर्किदै गएको छ भने आगन भत्किएको छ । भुसालको एकैठाउँमा दुई वटा घर रहेका छन् । एउटा घर रहेको जमिन ठाउँठाउँमा चर्किएको छ । घर रहेको जमिन चर्किएपछि घरमा बस्नै त्रास भएको वडा अध्यक्ष भुसालले बताए । उनको अर्को घरको आगनै पहिरो गएको छ ।
‘एउटा घर रहेको आसपासको जमिन धुजा फाटेर चर्किएको छ, अर्को घरको आगन भत्किसकेको छ’ उनले भने–‘रात बिताउनै त्रासको अवस्था निम्तिएको छ ।’ बर्षाको समयमा घरमा बस्न त्रास भएपछि समस्या भएको उनले जानकारी दिए । जनप्रतिनिधिको रुपमा अरुको समस्या बुझेर हिँड्ने वडा अध्यक्ष आफ्नै घर जोखिममा परेपछि तनावमा परेका छन् । ‘बर्षाको समयमा जोखिम भएपछि घर परिवार लिएर कहाँ राख्ने समस्या त भयो नी’ उनले भने । बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले पनि वडा अध्यक्षकै घर पहिरोको जोखिममा परेको बताए ।

 

spot_img

भर्खरै