पर्वत/विहादी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको पदस्थापन भएको छ । अध्यक्ष परविन गुरुङले बुधबार गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बिच पदस्थापन गरेका हुन । अध्यक्ष गुरुङसंगै उपाध्यक्ष मिना तिवारीले पनि बुधबार नै पदभार ग्रहण गरेकी छन् । गाउँपालिकाको अध्यक्ष पदभार ग्रहण पछि अध्यक्ष गुरुङले सम्बृद्ध विहादी निर्माणको लागि सवै पक्षसंगको सल्लाह र सुझाबका आधारमा अघि बढ्ने बताए ।
‘कसरी बिहादीलाई समृद्ध बनाउन सकिन्छ, कसरी बिहादीको विकास गर्न सकिन्छ, सबैको सल्लाह र सुझाबका आधारमा अघि बढ्छौ’ अध्यक्ष गुरुङले भने । गुरुङले अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएपनि निरन्तर रुपमा गाउँमा बसेर बिहादीको विकासमा सक्रिय रहदै आएका थिए । दोस्रो पटक गाउँपालिका अध्यक्षमा बिजयी भएका गुरुङले जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली काँग्रेस पर्वत ख क्षेत्रीय कार्य समितिको सभापति रहेका गुरुङ गठबन्धनको तर्फबाट बिजयी भएका हुन । उपाध्यक्ष तिवारी नेकपा एमालेको तर्फबाट विजयी भएकी हुन् । पदभार ग्रहण कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष कमल भुषालले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेका थिए । पदभार ग्रहण अघि निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।



