पर्वत, फागुन २४–नेपाल तरुण दल कुश्मा नगर समितिसंगठन निर्माणमा जुटेको छ । तरुण दलले कुश्माका १४ वटै वडालाई लक्षित गरेर मजबुत वडा समिति गठन थालेको हो । तरुण दल कुश्माका अध्यक्ष सुबर्ण अर्यालको नेतृत्वमा मंगलबारदेखि अभियान सुरु भएको हो । मंगलबार मात्रै कुश्मा–११ पकुवामा युवाहरुको बृहत भेलाले आदित्य बम मल्लको अध्यक्षतामा ६१ सदस्यीय वडा समिति गठन गरेको छ ।
वडा समितिको उपाध्यक्षमा बिवेक बम मल्ल, पवन नेपाली, सचिवमा विवेक नेपाली, सहसचिवमा राज पौडेल, विपिन सुनार, कोषाध्यक्षमा अञ्जली केसी रहेका छन् । नेपाल तरुण दल कुश्माका अध्यक्ष सुबर्ण अर्यालले नेपाल तरुण दलले कुश्माका १४ वटै वडामा मजबुत संगठन निर्माण अभियान सुरु भएको जानकारी दिनुभयो । अर्यालले युवाहरुलाई सही बाटो देखाउने, संरक्षण गर्ने एकमात्र संगठन नेपाल तरुण दल भएकोले अन्य संगठनमा रहेका युवालाई पनि नेपाल तरुण दलमा गोलबद्ध हुन आब्हान गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा क का सहसचिव दया सुबेदी, पूर्व कोषाध्यक्ष रमेशबम मल्ल, कुश्मा ११ का सभापति कृष्णबहादुर केसी, नेपाल तरुण दल पर्वतका उपाध्यक्ष सुनिल पिसी क्षेत्री, काँग्रेस नेता इश्वरी भुसाल, बिरेन्द्र मावि ब्यवस्थापन समितिका अध्यक्ष बिश्वविजय जोशी, नेपाल तरुण दल कुश्माका सचिव सुरेन्द्र पौडेल, पुर्व वडा अध्यक्ष ठाकुरप्रसाद पौडेल, तरुण दलका वडा सचिव नारायणप्रसाद शर्मा, पूर्व वडा सचिव गौरब रिमाललगायतले बोल्नुभएको थियो ।
तरुण दल कुश्मा संगठन निर्माणमा सक्रिय, पकुवामा बन्यो ६१ सदस्यीय वडा समिति


