पर्वत, असार १९–नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बिपि स्मृति भवनलाई ब्यक्तिगत पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय रहनेगरी निर्माण गरिएको उक्त भवनलाई मल्लले यसअघि उक्त रकम प्रदान गर्ने घोषणा गर्नुभएको थियो । शुक्रबार पार्टीको बैठकमा भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई उक्त रकम मल्लले हस्तान्तरण गर्नुभएको हो । यसअघि जलजला गाउँपालिकाको तर्फबाट मल्लकै सक्रियतामा २० लाख रुपैयाँ बिपि स्मृति भवनका लागि बिनियोजन भई सहयोग प्राप्त भएको थियो । नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका मल्ल हरेक बिपत् र कठिन घडीमा पनि सहयोगका लागि अग्रसर रहदै आएका छन् ।
बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार


