spot_img

केपी ओली मात्रै हाेइन सिङ्गो नेकपा असफल भयाे :काङ्ग्रेस युवा नेता मल्ल

पर्बत, माघ ८- नेपाली काङ्ग्रेसका युवा नेता एबम जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले दुई तिहाई हाराहारीमा मत ल्याएको नेपाल कम्युनिस्ट पाटी असफल भएको बताएका छन । नेपाली काङ्ग्रेस पाङराङले आयोजना गरेको प्रतिनिधि सभा विघटनविरुद्धको बिरोधसभालाई सम्बोधन गर्दै मल्लले यस्तो बताएका हुन । सरकारकाे नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलि मात्र होइन आज सिङ्गो नेकपा नै असफल भएको दाबी गर्दै काङ्ग्रेस नेता मल्लले मुलुकमा परिबर्तन ल्याउन नेतृत्व गरेको नेपाली काङ्ग्रेसले नै बिकास र समृद्धिको नेतृत्व गर्नुपर्ने मुलुकले खोजेको बताए । देश असफल पार्ने दुस्साहस प्रधानमन्त्री ओलिले गरेको भन्दै मल्लले नेपालका कम्युनिस्टहरु जनता र मुलुकप्रती कहिल्यै इमान्दार नभएको दाबी गरे । प्रतिनिधि सभा विघटनले नेपाली काङ्ग्रेसलाई फाइदा भएपनि नेपाली काङ्ग्रेस आफ्नो फाइदा भन्दा मुलुकको स्थायित्व र संविधान बचाउन लागेको धारणा राखे ।
नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिती सदस्य माया पाठक र क्षेत्रीय काेषाध्यक्ष गङगा भुसाल, नेपाल पत्रकार महासङ्घ पर्बतका अध्यक्ष छबिलाल तिवारी, नेपाल बिद्यार्थी संघ फलेबासका अध्यक्ष सन्तोष पाठक, नेपाल तरुण दल फलेबासका उपाध्यक्ष टेकबहादुर पाठक, काङ्ग्रेसका स्थानीय नेता चित्र पाठक, पुर्ब पाटी सभापति धरमप्रसाद पाठक, कुलबहादुर कंडेल, पुर्ब पाटी सचिब इन्द्रबहादुर सुनार, नेपाली काङ्ग्रेसका क्षेत्रिय प्रतिनिधि धुर्ब पाठकलगायतले बोलेका थिए ।
नेपाली काङ्ग्रेस फलेबास ११ का सभापति जितबहादुर सुनार(शेरबहादुर)को अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल पाङराङका अध्यक्ष यमन कुवरले स्वागत मन्तव्य र संचालन वडा सचिव रामप्रसाद गौतमले गरेका थिए ।

spot_img

भर्खरै