spot_img

किसानलाई फलेबास नगरपालिकाको सहयोग बितरण


पर्वत, मंसिर १८–पर्वतको फलेवास नगरपालिकाले नगरभित्र संचालित विभिन्न सहकारी, कृषि तथा पशुपालन समुह र फार्महरुलाई प्रतिफलमा आधारित अनुदान रकम वितरण गरेको छ ।
नगरको बार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक बर्ष २०७६र७७ को अनुदान रकम कोरोना माहामारीका बीचमा पनि सम्वन्धित सहकारीहरुमै पुगेर वितरण गरिएको हो ।
दुध उत्पादक कृषि सहकारीहरुलाई प्रति लिटर रु।२ रुपैयाँ ६५ पैसाका दरले नगरका ७ वटा सहकारीहरुलाई वितरण गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताए । उन अनुसार कृषि तथा पशु फार्मलाई ३६ लाख ५ हजार ९ सय ४४ लिटर दुध उत्पादन गरेवापत रु। ९ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ अनुदान रकम हस्तान्तरण गरिएको फलेवास नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले जानकारी दिए ।
गत बर्षभरिमा सबैभन्दा बढी दुध उत्पादन गर्ने वडा नं। ६ देविस्थानमा संचालित कृष्ण गण्डकी दुग्ध सहकारी संस्था लिमिटेडलाई १ लाख १९ हजार ६०१ लिटर दुधको अनुदान रु।३ लाख १६ हजार ९ सय ४३ रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै वडा नं। ६ मै रहेको फलेवास दुग्ध उत्पादन सहकारी संस्थालाई रु।७१ हजार ७ सय ५१, वडा नं। ७ मा रहेको चिसापानी दुग्ध उत्पादन सहकारी संस्थालाई रु।३ लाख २४ हजार ९२, वडा नं १० मा रहेको हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्थालाई रु।२ लाख २१ हजार ३ सय ३९, वडा नं। १ मा रहेको कार्किनेटा अन्धाअन्धी पशुपालन तथा अर्गानिक कृषि फार्मलाई रु।३५ हजार ७ सय ८८, वडा नं। १ मै रहेको फटिके कृषि तथा पशु फार्मलाई रु।१० हजार ६ सय ९२ र पौडेल भैंसी फार्मलाई रु। १० हजार ७ सय ४६ रुपैयाँ गरि रु।९ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ अनुदान रकम प्रदान गरिएको सुवेदीले बताए ।
कृषकहरूलाई उत्पादनमा प्रोत्साहन र कृषि तथा पशुपालन व्यावसायलाई प्रबद्र्धन गर्नको लागि अनुदान रकम प्रदान गरिएको कृषि अधिकृत सुवेदीले बताए ।
अनुदान हस्तान्तरण कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले नगरको समृद्धिका लागि कृषि र पशुपालनमा विशेष जोड दिएको बताउँदै कृषकहरुलाई उत्पादनमा प्रोत्साहन गर्नका लागि अनुदान रकम प्रदान गरेको बताए ।  कृषि र पशुपालन पेशाबाट मनग्ये आमदानी गर्न सकिने बताउदै कृषि पेशामा लाग्ने नगरका कृषकहरुलाई नगरपालिकाले सधैं सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कृषि पेशालाई सम्मानको पेशा बनाउनको लागि नगरले अनुदानका कार्यक्रम संचालन गरेको शर्माको भनाई छ ।
वर्ष भरीमा सबै भन्दा बढि दुध उत्पादन गर्ने कृष्ण गण्डकी दुग्ध सहकारी संस्था लिमिलेटमा आबद्ध ३ जना कृषकहरुलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा नगर उपप्रमुख मन्जु अधिकारी, नगरका प्रवक्ता तथा वडा नं। ४ का अध्यक्ष टिकाराम गौडेल, वडा नं। ६ का वडा अध्यक्ष भोलानाथ भुसाल, वडा नं। ८ का अध्यक्ष मन बहादुर कुवर, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल, कृषक तथा अखिल नेपाल किसान महासंघ पर्वतका अध्यक्ष बलाराम भुसाल लगायतले बोललेका थिए ।
नगर प्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन प्राबिधिक प्रताप पौडेलले गरेका थिए ।

spot_img

भर्खरै