spot_img

पैयूँमा १० शैयाको अस्पताल भवन शिलान्यास


पैयूँमा अस्पताल बन्ने, १० शैयाको अस्पताल शिलान्यास

मंसिर १५, पैयूँ ।  पर्वतको पैयूँमा अस्पतालको शिलान्यास गरिएको छ ।पैयूँ गाउँपालिकाले वडा नम्बर ४ मा १० शैयाको आधारभूतअस्पतालको गाउँपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले शिलान्यास गरेका हुन ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूतअस्पतालको शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत गाउँपालिकाले १० शैया को अस्पताल शिलान्यास गरेको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिए ।

वडा नम्बर ४ को पाट्नेथरमा १० शैयाको अस्पताल बनेपछि दक्षिण पर्वतका नागरिकलाई स्वास्थ्य क्षेत्रमा ठुलो सुविधा पुग्ने विश्वास गाउँपालिकाको छ ।

अस्पतालको भवन शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका उपप्रमुख, वडा अध्यक्षहरु, पार्टी नेताहरु लगायतको उपस्थिति रहेको  थियो ।

spot_img

भर्खरै