पर्वत- पर्वतको फलेवास नगरपालिका मुलुककै उत्कृष्ट बनेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा राजश्व लगानी तथा बित्तिय व्यवस्थापनका क्षेत्रमा देशभरैके उत्कृष्ट नतिजा हासिल गर्न सफल हुँदै पुरस्कृत भएको छ । देशभरका नगरपालिकाबाट गत आर्थिक बर्ष २०७६/७७ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको नेपाल नगरपालिका संघबाट पूर्व निर्धारित सूचकहरुका आधारमा विशेषज्ञहरुको टोलीबाट मूल्यांकन गर्दा यस नगरपालिका देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएको हो । नगरपालिकाबाट सम्पादित कामको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघको २८ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा यस नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा सम्मानित हुनुभएको छ ।
फलेवास नगरपालिकाको कार्यालयले उपलब्धी हासिल गर्न सहयोग पुर्याउनुहुने सम्पूणर् फलेवास नगरबासी, सभा सदस्यहरु, नगर कार्यपालिकाका सदस्यहरु र फलेवास नगरकार्यपालिकाको कार्यालयका कर्मचारीहरुमा नगरपालिका हार्दिक आभार व्यक्त गरेको छ ।
पर्वतको फलेवास नगरपालिका यसरी बन्याे मुलुककै उत्कृष्ट


