spot_img

६३ करोडको बजेट सार्वजनिक गर्दै मोदी गाउँपालिकाको सातौं गाउँ सभा सम्पन्न

पर्वत/मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार सम्पन्न गाउँपालिकाको सातौ गाउँ सभामा अध्यक्ष प्रेम पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष सेती महतले बजेट प्रस्तुत गर्नुभएको हो ।

 मोदी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ६२ करोड ५६ लाख ५९ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो । जसमा चालू तर्फ ४० करोड ३ लाख १४ हजार ७५० अर्थात ६३।९८ प्रतिशत र पूँजीगत तर्फ २२ करोड ५३ लाख ४४ हजार २ ५० अर्थात ३६।०२ प्रतिशत रहेको छ । गाउँपालिकाले विगतका जस्तो टुक्रे योजनामा नभई प्राथमिकीकरणका आधारमा बजेट बिनीयोजन गरेको प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले जानकाी दिनुभयो । गाउँपालिकाले कोभिड विशेष कोष स्थापनाका लागि रू १ करोड ५० लाख, कोरोना प्रभावित यूवा लक्षित व्यवसायिक कार्यक्रमका लागि रू ५० लाख, मोदी नमुना कृर्षि गाउँ स्थापनाका लागि रू २४ लाख रुपैया बिनीयोजन गरेको छ । त्यसैगरी भूमी बैकको स्थापना र बाँझो जग्गामा खेती गर्नेलाई मापदण्ड बनाई अनुदान दिनका लागि रु १२ लाख, गाउँपालिकास्तरीय कृषि उपज संकलन केन्द्र स्थापना गर्न रु। १२ लाख, कृषि उत्पादन र ढुवानीमा अनुदान, कृषक विमा कार्यक्रम, गाउँपालिकास्तरीय श्रम बैक स्थापना र सञ्चालनर बालकक्षा सहजकर्तालाई थप पारिश्रमिकको व्यवस्थाका लागि बजेट प्राथमिकतामा पारिएस्को छ ।

त्यसैगरी एम्बुलेन्स खरिदको लागि बजेट व्यवस्था गरिएको छ भने थप ४ स्वास्थ्यचौकीमा ल्याव स्थापना गरिने भएको छ । थप ३ स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालन गर्ने योजना समेत बजेटमा उल्लेख गरिएको छ भने सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमको निरन्तरता दिईने भएको छ ।
त्यस्तै गाउँपालिका भवन निर्माण गर्न रु। १ करोड ५० लाख, महेन्द्र शिखरी मावि वडा नं ५ , देउपुर स्वास्थ्यचौकी निर्माण र अन्य विषयगत विभिन्न कार्यक्रमका लागि प्राथमिकताका साथ बजेट बिनीयोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।

spot_img

भर्खरै