पर्वत/जिल्लामा फरक र नयाँ कामहरुको माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाएको महाशिला गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा विदेशबाट घर फर्केकाहरुलाई लक्षित गरी कार्यक्रम बनाएको छ । गाउँपाकिलाका अध्यक्ष राजप्रसाद पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी बर्षका लागि कोभिड रोगका कारण विदेशबाट गाउँ फर्केकाहरुलाई गाउँमै रोजगार बनाउने अभियान सञ्चालन गर्न भएको हो ।
जसका लागि ३ लाख सम्मको ऋणमा १ बर्षको ब्याज गाउँपालिकाले तिरीदिने कुरा उल्लेख छ । ऋणदाताले दिएको ऋणमा ब्याज गाउँपालिकाले तिर्ने र उनीहरुलाई उद्यमम लगाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ऋण उपलब्ध गराउनका लागि सम्बन्धित निकायमा गाउँपालिकाले सहजीकरण गरिदिनेछ । यस कार्यको लागि कुराहरु कार्य विधि बनाएर गाउँपालिकाले अभियान अघि बढाउने छ ।
महाशिला गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७ ७८ को लागि नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँपालिकाको आठौ गाउँ सभाबाट ३४ करोड ४० लाख १८ हजार २ सय २३ बजेट पारित गर्दे सम्पन्न भएको छ । गाउँपालिकाको बिदेशबाट फर्केका युवाहरुका लागि ब्यबसायमा ब्याज लगानी गर्ने आकर्षक कार्यक्रम कार्यक्रम बनाएको छ ।
गाउँपाकिलाका अध्यक्ष राजप्रसाद पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी बर्षका लागि कोभिड रोगका कारण विदेशबाट गाउँ फर्केकाहरुलाई गाउँमै रोजगार बनाउने अभियान सञ्चालन गर्न भएको हो । अभियानलाई गाउँ गाउँमा उद्यम घर घरमा रोजगारी, अव त गाउँ फर्क प्यारा प्यारी नारा दिइएको छ । उक्त नाराका आधारमा स्वरोजगार बन्न चाहनेहरुलाई गाउँपालिकाले विशेष सहयोग गर्नेछ । उनीहरुलाई ब्यवसाय र उद्यममा लगाउनका लागि बजेटको समेत ब्यवस्था गरिएको गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।