spot_img

पर्वतमा संक्रमितको संख्या ३४ पुग्यो

पर्वत, असार ४–पर्वतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३४ पुगेको छ । बिहिबार पाँच जना थपिएसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३४ पुगेको हो । कुश्मा नगरपालिकाका २ जना, फलेबास नगरपालिकाका दुई जना र मोदी गाउँपालिकाका एक जनामा पछिल्लो पटक कोरोना संक्रमण भेटिएको पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिए । यसअघि पर्वतमा कोरोना संक्रमितको संख्या २९ थियो ।
गण्डकी प्रदेशमा पछिल्लो समय थप ४७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार बिहान सार्वजनिक गरेको संख्याअनुसार नवलपरासी बर्दघाट स्ुस्तापूर्व १८ जना, तनहुँमा १२ जना, मनाङमा एक जना र गोरखामा ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई सय ९४ पुगेको छ ।

spot_img

भर्खरै