spot_img

कोरोनाबिरुद्ध जलजला गाउँपालिकाको यस्तो आग्रह

पर्वत, चैत ७–जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि जुनसुकै बेला फैलने खतरा भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै सम्पूर्णलाई स्वास्थ्य अवस्थावारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन, भिडभाडमा नजान, अत्यावश्यक काम बाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपायहरु अवलम्वन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अपिल गरेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना भाइरस नेपालमा जुनसुकै समयमा पनि फैलन सक्ने खतरा भएकोले सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थाप्रति सचेत रहन, सरसफाईमा ध्यान दिन, भिडभाडमा नजान, अत्यावश्यक बाहेक सकेसम्म घरभित्रै बस्न, रोकथामका उपाय अवलम्बन गर्न र त्यस्तो कुनै स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गरेका छन् । चीनको हुवेई प्रान्तबाट सुरुवात भएको नोभल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको १७३ मुलुकहरुमा फैलिइ भयानक रुप लिइसकेको छ । नेपाल लगायत विश्वभरि नै यसको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हालसम्म नेपालमा कसैलाई पनि यस रोगको संक्रमण नभएतापनि संकम्रणको सम्भावनालाई उच्च दुष्टिगत गरि संक्रमणको फैलावट घटाउन तथा जोखिम कम गर्न कुनै पनि साना ठुला सभा सम्मेलन, बैठक भेला, गोष्ठी, सेमिनार भेटघाट, जमघट, सभा–समारोह, महोत्सव लगायतका कार्यक्रम नगर्न र नगराउन पनि अध्यक्ष मल्लले आग्रह गरेका छन् ।

spot_img

भर्खरै