
पर्वत, माघ ९–छैठौ पर्वत महोत्सव आजबाट सुरु हुँदैछ ।उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको दिउसो १ बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्दैछन् । त्यसभन्दा अगाडी लोकतन्त्रचोकबाट विशाल झाकीसहितको ¥याली निस्कनेछ । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको बडागाउँको खेलमैदानमा हिजो बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महोत्सव मूल आयोजक समितिका संयोजक केदारनाथ शर्माले महोत्सको मुख्य तयारीहरु सबै सकिएको वताए ।
कार्यक्रममा बोल्दै महोत्सव प्रचारप्रसार समितिका संयोजक ठाकुर बी. पौडेलले महोत्सवमा ३० ओटा निःशुल्क, एक सय ३० ओटा व्यवसायिक, १५ ओटा होटल र प्रयोजक १० ओटा स्टलहरु रहेको जानकारी गराए । यस्तै, रचनात्मक कामहरु प्रदर्शन गर्ने तथा शिक्षासँग सम्बन्धित स्टलहरुको भाडा केही कम राखिएको पनि उनको भनाई छ ।
अहिलेसम्म पर्वत, स्याङजा, बागलुङ र कास्की जिल्लाका १३ ओटा भलिबल टीमले नाम दर्ता गराएको तथा दर्ता गर्ने समय बिहिबार बिहान १० बजे सम्म रहेकोले अन्य टीम पनि थप हुने अपेक्षा गरिएको पौडेलको भनाई छ ।
महोत्सव आर्थिक समितिका संयोजक गोपी अधिकारीले महोत्सवबाट झण्डै डेढ करोड रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको बताउँदै सरकारले उपलब्ध गराउने प्रमाणको आधारमा ७० बर्ष माथिका ज्येष्ठ नागरिक तथा क, ख र ग बर्गको अपांगता परिचय पत्र भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिए ।
अहिलेसम्म ८ सय भन्दा बढीको संख्यामा रु ५०० का प्याकेज टिकटहरु बिक्री भइसकेको बताउँदै आर्थिक संयोजक अधिकारीले प्रयोजकहरुबाट मात्रै कम्तीमा पनि ५० लाख रुपैयाँ वरावरको आर्थिक सहयोग गर्ने कमिटमेन्ट भएको वताए ।
प्रचारप्रसार संयोजक ठाकुर बी. पौडेलका अनुसार भोलीको उद्घाटन समारोहपछि कलाकारहरु कृष्ण अखेली, भरत क्षेत्री, रिना के.सी, सूदीप क्षेत्री लगायतका लोक कलाकारहरुको सांगितिक प्रस्तुतीहरु रहने भएका छन् । महोत्सव यही माघको १९ गतेसम्म संचालन हुँदै छ । त्यसै गरि माघ ११ गते रामकृष्ण ढकालको एकल सांझ कार्यक्रम हूने र चर्चित वाल गायिका कमला घिमिरेको वताईएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले पर्वत महोत्सवलाई सबैको महोत्सव सम्झेर सफल गराउन आग्रह गरेका थिए ।


