spot_img

सांसद भेट्न जाँदा पार्टी प्रवेशको निराधार हल्ला चलाइयो : भुसाल

पर्वत, पुस २४–जलजला ६ शालिजाका नारायण भुसालले आफु सधै नेपाली काँग्रेसमै क्रियाशिल भएको बताएका छन् । ‘मेरो हजुरबादेखि बा हुँदै म हिजोपनि काँग्रेस थिए, आज पनि छु र भोली पनि प्रतिबद्धताका साथ क्रियाशिल रहन्छु’ नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा भुसालले भने ।
केही दिनअगाडी प्रतिनिधिसभा सदस्य पदम गिरीलाई भेट्न गएका बेला जनमानसमा भ्रम हुने गरि अबिर लगाएर नेकपामा प्रवेश ग¥यो भनेर गलत सन्देश प्रवाह गरिएको दाबी गर्दै भुसालले आफु अहिले पनि काँग्रेस रहेको र भोली पनि काँग्रेस नै रहिरहने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), नेपाली काँग्रेसका युवा नेता राजकुमार क्षेत्री, काँग्रेस नेता बलबहादुर पुनलगायतलाई साक्षी राखेर भुसालले गलत सन्देशको पछाडी नलाग्न आग्रह गरेका थिए ।
केही दिनअघि नेकपामा प्रवेश गरेको भन्दै भुसालको सामाजिक सञ्चाल र केही अनलाइनमा समाचार सम्प्रेषण भएको थियो । भुसालले नेपाली काँग्रेसमा हालसम्म कुनैपनि असन्तुष्टि नरहेको पनि दाबी गरेका थिए ।

spot_img

भर्खरै