
पर्वत, पुस १५–नेपाली काँग्रेस फलेवास नगरपालिका वडा नम्बर–१ कार्कीनेटाका पूर्व सभापति देवीचन्द्र उपाध्यायको स्मृतीमा श्रद्दाञ्जली सभा सम्पन्न भएको छ । फलेबास नगरपालिका वडा नम्वर १ कार्कीनेटा नेपाली कांग्रेस वडा समितिले श्रद्धाञ्जलीसभा आयोजना गरेको हो । उपाध्यायकै निबासमा सोमबार १३ औँ दिनको तिथिमा आयोजित सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले उपाध्यायको निधनले काँग्रेसमा ठुलो क्षती भएको बताए ।
स्वर्गिय नेता उपाध्याय इमानदार र विचारप्रति प्रतिवद्ध भएको बताउँदै जोशीले काकीनेटा मात्रै नभएर समग्र पर्वतको विकास निर्माण सँगै थुप्रै कुराहरु उठान गरी समाजमा परिवर्तन ल्याउन उपाध्यायको महत्वपूर्ण योगदान रहेको दाबी गरे । स्वर्गिय उपाध्यायसंग आफ्नो दुई पुस्ते सम्बन्ध रहेको बताउँदै नेता जोशीले उनको निधनले कार्कीनेटा र पर्वतबासीले एउटा सच्चा अभिभावक गुमाएको बताए । समाज र देशका लागि उपाध्यायले देखेको सपना पुरा गर्ने जिम्मेवारी काँग्रेस नेता र कार्यकर्ताको काँधमा आएको भन्दै कांग्रेसभित्रको तिक्तता त्यागेर एकढिक्का हुन सकेमा मात्रै उनको सच्चा श्रद्दाञ्जली हुने धारणा जोशीले राखेका थिए ।
नेपाली कांग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले उपाध्याय जस्ता नेपाली कांग्रेसका इमान्दार अभिभावकहरुकै कारण गाउँका कुना कन्दरासम्मका शुभेच्छुकमा कांग्रेसप्रतिको मायाँ जागेको बताए । सभापति भुषालले पनि उपाध्यायले अंगालेको बाटोमा हिड्न सकेमा मात्रै उनीप्रतिको श्रद्दाञ्जलीले सार्थकता पाउने दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका पुर्व पार्टी सभापति नवराज गुरुङ, उपसभापति दुर्गाबहादुर खत्री, महासमिति सदस्य एवम् पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य बसन्तबहादुर सिके, गंगाधर तिवारी, प्रदेश सभा ख का उम्मेदवार एवं महाधिबेशन प्रतिनिधी राजेन्द्रप्रसाद तिवारी, नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारी, पुर्व जिविस उप सभापति राम शर्मा पौडेल, फलेबास नगर सभापति हिरामणी सापकोटा, फलेबास–३ शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्की, नेपाल दलित संघका जिल्ला अध्यक्ष यामबहादुर परियार (शिव), नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अगन्धर तिवारीलगायतले बोलेका थिए ।
त्यस्तै कार्यक्रममा जिल्ला सदस्य हेमराज शर्मा, बिपि स्मृती भवन सचिवालय सदस्य एवं कांग्रेसका जिल्ला सदस्य शिवप्रसाद सुबेदी, जिल्ला सदस्य थमनबहादुर थापा, तोपनाथ शर्मा, तरुण दल फलेबास नगरसमितिका उपाध्यक्ष सरोज खनाल, नेपाल महिला संघकी सिता शर्मा, कुश्मा १२ का सभापति कुमार सुबेदी, कुश्मा–१३ का सभापति अर्जुन सुबेदी, नेबिसंघका सुनिल चपाई, नेपाल शिक्षक संघका पुर्व क्षेत्रिय सभापति धनबहादुर थापा, कर्मचारी युनियन संघका पुर्व केन्द्रिय सदस्य किरण तिवारी, फलेबास–१ का वडाध्यक्ष बाबुराम शर्मा, युवा नेता भुपेन्द्र पोख्रेल लगायतले स्वर्गिय उपाध्यायप्रति श्रद्दाञ्जली व्यक्त गरेका थिए । वडा सभापति बिनोदकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव चित्रप्रसाद शर्माले गरेका थिए ।
पूर्वसभापति उपाध्यायको सम्झनामा कार्कीनेटामा श्रद्धाञ्जलीसभा


