spot_img

एनआरएनएको नेतृत्व लिन कस्सिए आचार्य, बेलायतका पत्रकारसंग भेटघाट

बेलायत, साउन २४–एनआरएनए केन्द्रिय निर्वाचन आउन करिब ९ साता बांकी रहंदा अध्यक्षका सशक्त प्रत्यासी कुल आचार्यले आफ्नो अभियानलाई तीव्रता दिएका छन् । औपचारिक घोषणा बांकी रहेपनि वर्तमान उपाध्यक्ष आचार्यले विश्वभरका गैर आवासीय नेपाली र सञ्चारकर्मीहरुसंग परामर्श थालेका हुन् ।

राष्ट्र प्रमुखहरुले कुनै निर्णय अघि पत्रकारहरु बोलाएर परामर्श लिए जस्तै शैलीमा लन्डनका सफल व्यवसायी आचार्यले बुधबार सांझ बेलायतमा क्रियाशिल पत्रकारहरुसंग सुझाव मागे । यहां सक्रिय करिब ९५ प्रतिशत पत्रकारहरुमाझ उनले एनआरएनको आगामी नेतृत्वका लागि आफू आकांक्षी भएको दोहोरयाए । ‘कुल आचार्यले बोलेको कुरा कहिल्यै फिर्ता लिंदैन र म असफल भएको इतिहास पनि छैन्’, बडो आत्मविश्वासका साथ प्रस्तुत भएका आचार्यले अगाडि भने, ‘न यो मेरो बार्गेनिङ हो, न मलाई संस्थाको नेतृत्व लिएर आफ्नो वैयक्तिक र व्यवसायिक लाभ लिनुछ । मेरो इच्छा एनआरएनए नेतृत्वमार्फत नेपालको समृद्धि र नेपालीकै भलाइका लागि हो ।’

एनआरएनए अभियानमा डेढ दशकदेखि निरन्तर सक्रिय आचार्य एनआरएनए यूकेको सदस्य, उपाध्यक्ष, अध्यक्ष, युरोप संयोजक हुंदै वर्तमान केन्द्रिय उपाध्यक्ष छन् । ‘६ पटक निर्वाचन हुंदा मैले अहिलेसम्म असफलता बेहोरेको छैन्’, उनले भने, ‘तपाईं पत्रकारसाथीहरुको पूर्ण साथ, समर्थन र विश्वभरका गैर आवासीय नेपालीको दवावले पनि यसपटक म पछि हट्ने अवस्था रहेन ।’

spot_img

भर्खरै