spot_img

वाइडबडीमा रबिन्द्रलाई निर्दोष भन्ने केपी ओली नै दोषी : काँग्रेस नेता खतिवडा

पर्वत, फागुन २८–नेपाली काँग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले वाइडबडी जहाज खरिद प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली नै दोषी भएको हुनसक्ने आशंका गरेका छन् । नेपाली काँग्रेस पर्वतको जिल्ला सम्मेलनमा बोल्दै खतिवडाले रबिन्द्र अधिकारी निर्दोष थिए भन्नु नै केपी ओलीको सहभागिता पुष्टि गर्ने बताए । ‘आज केपी ओलीजी भन्न थाल्नुभयो, रबिन्द्र अधिकारी निर्दोष थिए भनेर, रबिन्द्र अधिकारी निर्दोष थिए भने त्यसोभए दोषी तपाई नै हो त । त्यसको जिम्मेबारी केपी ओलीले लिनुपर्छ ।’ उनले भने । चार अर्ब ३५ करोड रुपैयाँ लेखा समितिले भ्रष्टाचार भयो भनेर दिइसकेपछि केपी ओलीले आयोगको बहाना बनाएर उम्कने प्रयास गरेको टिप्पणी काँग्रेसका उदयमान नेता खतिवडाले गरे । नेपाली काँग्रेसकै सभापति शेरबहादुर देउवाले वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न माग गरेको उनले बताए । नेपाली काँग्रेसकै कामले आज संविधानसभा निर्वाचन र संविधान बहिष्कार गरेर हिँडेका ब्यक्ति पनि गृहमन्त्री बनाएको भन्दै उनले गृहमन्त्री बनेपछि बादलले कुनै काम गर्न नसकेको बताए । ‘यदि काँग्रेस थिएन भने २०७० सालको संविधानसभाको निर्वाचन बहिष्कार गर्दै हिँड्ने अहिलेका गृहमन्त्री बादललाई हामीले बनाएको संविधानले मन्त्री बनाउने काम काँग्रेसले गरेको छ । बादललाई त मन्त्री बनाइयो, यो बादलले न घाम छेक्न सक्यो, न पानी पार्न सक्यो । हत्यारा, बलात्कार र सुनतस्करलाई जोगाउन बाहेक अरु केही काम गर्न सकेनन् ।’ खतिवडाले भने ।
के भने खतिवडाले मन्तब्यको पूर्णपाठसहित
सरकार स्थापना भएयता कम्युनिष्टहरुले के गरे । २००७ सालमा जन्मने बित्तिकै एक सय तीन बर्षको राणाशासनबाट नेपाली जनतालाई मुक्त गरायौ । काँग्रेसले हिजो जन्मनेबित्तिकै जर्नेल कर्णेल हुने, जनताका छोराछोरी पनि मन्त्री प्रधानमन्त्री हुन पाउनुपर्छ भनेर पहिलो प्रहार राणाशासनमाथि गरेर नेपाली जनताका छोराछोरी प्रधानमन्त्री हुने पद्धती सुरुवात ग¥यौ । त्यसैको परिणाम आज काँग्रेसका मात्रै होइन, सबै कम्युनिष्टका नेताहरु पनि मन्त्री, प्रधानमन्त्री हुने अवस्था सिर्जना भयो । त्यो सबैभन्दा ठुलो उपलब्धी थियो । त्यतिमात्रै होइन, हामीले पञ्चायत ढाल्यौ, १२ बर्षसम्म मान्छे मार्दै हिँडेको माओबादीलाई शान्ति प्रक्रियामा ल्यायौ । संसदीय प्रणाली मान्दैनौ भन्ने, ५७ दिनसम्म संसद घेर्ने एमालेलाई संसदबादी र बहुदलीय पार्टी बनायौ । त्यो हाम्रो ठुलो उपलब्धी थियो ।
हिजो हाम्रो गाउँमा कति बिद्यालय थिए, आज कति वटा बने । हिजो देभशर कति बिश्वबिद्यालय थिए, आज कति बने । हिजो खानेपानीको सुविधा के थियो, आज कति बन्यो । हिजो कति सडक थिए, आज कति बने । टेलिफोन कति थिए, आज कति पुग्यो । आज हामी हातहातमा टेलिफोन लिएर हिँड्ने अवस्था सिर्जना गरेका छौ । तमाम विकासका कामहरु काँग्रेसकै नेतृत्वमा सम्पन्न भए । हिजो त्रिभुवन बिश्वबिद्यालय र संस्कृत बिश्वबिद्यालय बाहेक कुनैपनि बिश्वबिद्यालय थिएनन् । आज गाउँगाउँमा उच्च शिक्षा पढाई हुने बिद्यालय खुलेका छन् । हिजो नेपाल बैंक, कृषि विकास बैक र राष्ट्रिय बाणिज्य बैंकभन्दा कुनैपनि बैंक थिएनन, आज हामीले प्रत्येक गाउँ, टोलमा बैंक पु¥याउने काम गरेका छौ । आज बैंकबाटै ८० अर्बभन्दा बढी राजश्व बृद्धि हुने काम गरेको छ । यी सबै उपलब्धी नेपाली काँग्रेसले गरेको हो । त्यसैले काँग्रेसले गरेको उपलब्धीका लागि सम्पूर्ण नेतृत्वलाई हार्दिक बधाई दिन चाहन्छु ।
०४६ सालदेखि अहिलेसम्म कुनैपनि सरकारमा नेकपा एमाले नगएको सरकार नै छैन । चाहे कृष्णप्रसाद भट्टराईको नेतृत्वमा होस, चाहे गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भन्नुस्, चाहे शेरबहादुर देउवाको नेतृत्वमा होस, चाहे लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा भन्न्स, चाहे सुर्यबहादुर थापाको नेतृत्वमा होस, चाहे प्रचण्डकोमा भन्नोस, चाहे बाबुरामकोमा भन्नोस, चाहे सुशिल कोइरालाको नेतृत्वमा भन्नोस, केपी ओली, झलनाथ खनाल, माधव नेपाल भन्नोस्, सत्तामा जान कहिल्यै नछोड्ने, खान कहिल्यै नछोड्ने, दोष काँग्रेसलाई लगाउने पार्टी नेकपा एमाले र अहिलेको नेकपा पार्टी हो । तपाईले देख्नुभयो कम्युनिष्ट पार्टीको पालामा भएका उपलब्धीहरु प्रचण्डलाई साहेत काँग्रेस हुँदैन्थ्यो भने जङ्गलबाट फर्काएर ल्याउने कोही हुँदैन्थ्यो ।
यदि काँग्रेस थिएन भने २०७० सालको संविधानसभाको निर्वाचन बहिष्कार गर्दै हिँड्ने अहिलेका गृहमन्त्री बादललाई हामीले बनाएको संविधानले मन्त्री बनाउने काम काँग्रेसले गरेको छ । बादललाई त मन्त्री बनाइयो, यो बादलले न घाम छेक्न सक्यो, न पानी पार्न सक्यो । हत्यारा, बलात्कार र सुनतस्करलाई जोगाउन बाहेक अरु केही काम गर्न सकेनन् । त्यसैले हामी यो आवाज उठाउन खोजेका हौ ।
त्यतिमात्रै होइन, बुढीगण्डकीका कुराहरु आएका छन् । होली वाइनका कुराहरु आएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री भइसकेपछाडी एउटा बिवादित संस्थाको आयोजनामा होलीवाइन खान ओलीजी तीन दिन सोल्टी होटेलमा बसेर मुनकी श्रीमतिको जल छर्केर देशको बेइज्यत गर्ने काम गर्नुभएको छ । यो बेला त्यसैको आवाज उठाउन तपाईहरुको बिचमा आएका छौ ।
वाइडबडीको बिषयमा चर्चा भयो । चार अर्ब ३५ करोड रुपैयाँ लेखा समितिले भ्रष्टाचार भयो भनेर दिइसकेपछि केपी ओलीजीले एउटा आयोग गठन गर्नुभयो । हाम्रै सभापतिले भन्नुभयो–‘यो वाइडबडी भ्रष्टाचारमा को हो दोषी कारबाही गर । छिटोभन्दा छिटो निक्र्यौल निकाल ।’ आज केपी ओलीजी भन्न थाल्नुभयो, रबिन्द्र अधिकारी निर्दोष थिए भनेर भन्नुभयो । रबिन्द्र अधिकारी निर्दोष थिए भने त्यसोभए दोषी तपाई नै हो त । त्यसको जिम्मेबारी केपी ओलीले लिनुपर्छ ।
त्यतिमात्रै होइन आज सिके राउतजस्ता बिखण्डनबादीहरुलाई देशको अस्तित्व बिखण्डन गर्ने मान्छेहरुलाई प्रचण्डजत्तिकै साहसिक थिए भनेर ओलीले एकातिर काधमा सिके र अर्को काधमा पिके राखेर भ्रम छर्न थाल्नुभएको छ । यो बिचैमा जान्छ, केपी ओलीको सरकार पनि टिक्दैन । सिकेजस्तालाई कारबाही गर्नुपर्छ । अहिले नेकपाका सांसद मन्त्रीहरु आफ्नो घरमा बसेर घर भाडा लिन्छन्, गाडीमा तेल हालेर छुटट्टै दोहोरो तेलको सुविधा लिन्छन् । यीनै ब्यक्तिको सम्पत्ति बिबरण पेश गर्नेबेलामा तपाईहरुले देख्नुभयो बिवाह गर्ने सिन्दुरसमेत मागेर गरेकाहरु अहिले चोरेकोभन्दा बढी सुन देखाउछन् । यसरी देशको विकास कहाँ, कसरी होला । धन्यबाद ।

spot_img

भर्खरै