spot_img

हस्तक्षेपले काम गर्ने बाताबरण नै भएन ः गाउँपालिका अध्यक्ष मल्ल

पर्वत, माघ २७–जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गाउँपालिकाले स्वतन्त्र रुपमा काम गर्न नपाएको गुनासो गरेका छन् । प्रहरी प्रशासनको हस्तक्षेपले जलजला गाउँपालिकाको राजश्व घटेको उनले बताए ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशी, पूर्वसांसद ऋषिकेश तिवारी, प्रदेशसभा सदस्य जुनादेवी नेपालीलगायत सहभागी भएको पर्वतमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मल्लले गाउँपालिकाले लगाएको काममा प्रहरीले अनावश्यक दुःख दिएको बताएका हुन ।
उनले उद्योगी ब्यावसायीले पनि प्रहरीको धरपकडले स्वतन्त्र रुपमा उद्योग चलाउन र ब्यावसाय चलाउन नपाएको पनि जानकारी दिए । उनले सरकारले उद्योगी ब्यावसायीका लागि स्पष्ट नीति नबनाउदा पटक पटक हस्तक्षेप सहनुपरेको भन्दै छिटो समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राज्यको नियम कानुनअनुसार दर्ता भएका उद्योगलाई समयमा नविकरण नगर्ने र बन्द पनि नगर्ने तर दुःख दिने नियत लुकेको भन्दै त्यो तत्काल बन्द हुनुनपर्ने मल्लको भनाई रहेको थियो ।
अध्यक्ष मल्लले गाउँपालिकाले ९० लाखमा लगाएको ढुंगा, गिट्टी बालुवाको ठेक्का प्रहरीको धरपकडले ५२ लाखमा झरेको गुनासो गर्दै आएका छन् । गाउँपालिकाले स्थानीय स्रोतसाधनलाई अधिकतम उपयोग गरेर जनतासँग सकेसम्म कर नलिने जलजला गाउँपालिकाको रणनीति भएपनि प्रहरीको धरपकड र राज्यको स्पष्ट नीति नहुँदा समस्या भएको गुनासो पनि गरेका छन् ।

spot_img

भर्खरै