नवलपुर, भदौ २२–नेपाल विद्यार्थी संघ अक्सफोर्ड कलेजमा निरज तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाल विद्यार्थी संघ नवलपरासी ( बर्दघाट सुस्ता पुर्ब) का अध्यक्ष राजेश पौडेलको प्रमुख आतिथ्यतामा सप्पन्न अधिबेशनले उपाध्यक्षमा सागर प्रसाईं र बिशाल कोइराला लाई चयन गरेको छ भने सचिवमा सुजल गिरि चयन भएका छन ।
त्यस्तै कोषाध्यक्षमा शक्ति उपाध्याय र सह सचिवमा अजय यादव , सम्राट सिह ठकुरी , सुदिप कोइराला,सफल श्रेष्ठ , अन्जान अधिकारि सहितको ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको सचिव सुजल गिरिले जानकारी दिए । नेबिसंघ पुर्ब केन्द्रिय सदस्य गोकुल सापकोटा , नेबिसंघ जिल्ला सदस्य सरोज चालिसे , नेबिसंघ नवलपुर क्षेत्र नम्बर १ का सह सचिब श्याम बन , तरुण दल नवलपुर जिल्ला उपाध्यक्ष मीन घले, जिल्ला सदस्य प्रकाश परियार, गैंडाकोट वडा नं २ का वडा सद्स्य प्रकाश सापकोटा लगायतको उपस्थिति रहेको कार्यक्रम अक्सफोर्ड कलेजका नेबिसंघ अध्यक्ष सुशील काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अक्सफोर्ड नेबिसंघको अध्यक्षमा निरज तिवारी



