spot_img

जबरजस्ती करणीको आरोपमा एक पक्राउ


पर्वत, जेठ १८–एक अविवाहित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर ८ स्थित चुवाका दुर्गाबहादुर जिसीलाई प्रहरीले गएराती पक्राउ गरेको हो । जिसीकी पत्नी सुत्केरी अवस्थामा रहेकी र उनले ती महिलाको घरमै गएर बिहिबार बिहान अन्दाजी पाँच बजेको समयमा मुख थुनेर जबरजस्ती करणी गरेको उजुरी परेको छ ।
महिला कुश्मा नगरपालिका वडा नम्बर २ स्थित खुर्कोट घरमा थिइन् । पटक–पटक जबरजस्ती गर्दै आएका जिसीले बिहिबारको घटनापछि महिलाले प्रहरीलाई खबर गरेकी हुन । उजुरी परेपछि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याएको पर्वत प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए । ‘आरोपित युवालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेका छौ, अहिले अनुसन्धानमै छौ’ उनले भने–‘पीडित महिला आएर सबै कुरा खोलेपछि र ल्याबटेष्टको रिपोर्ट आएपछि थाहा हुन्छ ।’
स्रोतका अनुसार जिसीकी पत्नी हालै सुत्केरी अवस्थामा छिन् । सुत्केरी पन्तीको रेखदेखका लागि सासु घरमा आएकी थिइन् । जबरजस्ती करणीबाट पीडित महिला जिसीकै आफन्त हुन । महिलाले जिसीकै घरमा बिहिबार आएर घटना सार्वजनिक गरेकी हुन । जिसीले ती महिलालाई पटक–पटक विवाह गर्न दबाब दिएको समेत स्रोतले बतायो ।

spot_img

भर्खरै