
पर्वत, जेठ ९–पूर्वसांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको पहलमा सञ्चालन भएको तीन महिने कटाई सिलाई तालिम सम्पन्न भएको छ । गत पौष १३ गतेदेखि जलजला गाउँपालिका वडा नं १ बाँसखर्कमा संचालन भएको ३ महिने सिलाई कटाई तालिम बुधबार सम्पन्न भएको हो । सहभागीलाई प्रमाणपत्र नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसद अर्जुनप्रसाद जोशीले प्रमाणपत्र बितरण गरे । मागको आधारमा महिलाहरूलाई स्वरोजगारी र आयआर्जन बढाउन आफूले तालीमको पहल गरेको जोशीले बताए ।
काँग्रेस नेता जोशीले आफ्नो राजनीतिक इतिहासमा महिलाहरू पछाडि पर्नुको कारण साथमा शिक्षा र पैसा नभएको बुझेकोले आफूले जहिले पनि सिप सिक्न, आयआर्जन गर्न र आत्मनिर्भर बन्न सुझाव दिँदै आएको वताए । व्यवसायिक तथा सीप विकास तालीम केन्द्र पर्वतबाट हजारौले तालीम लिएर पनि व्यवसायिक रूपमा काम नगरेको वताउँदै तालीमलाई व्यवसायिक ढंगले संचालन गर्ने महिलाहरूलाई मेसिन आफैले किनिदिने प्रतिवद्धता जोशीले जनाए ।
उनले अहिले पनि डेडलाख खर्चेर युवाहरू खाडी जाने गरेको र ३० हजारमा काम गर्ने गरेको वताउँदै सिप सिकेर काम गरे नेपालमै मासिक ५० हजार कमाउन सकिने धारणा राखे । नेता जोशीले बाँसखर्कको बाटोस बिजुलीस सिंचाई र शिक्षाका लागि आफूले विगतमा धेरै सहयोग गरेको वताउँदै उनले आफू यसपालि चुनाब हारेपनि बाँसखर्कबासीहरूसँग भोलि पनि विकासका हरेक क्रियाकलापमा साझेदारी र सहकार्य गर्ने प्रतिवद्धता जनाए । उनले जनताको सेवा गर्न पदको आवस्यकता नहुने वताउँदै बाँसखर्कमा आफूले शुरू गरेका योजनाहरूलाई निष्कर्षमा पु¥याउने विश्वास दिलाए । तीनमहिनासम्म सिकेको सीपलाई पूर्ण व्यवसायिक बनाउन सुझाव दिँदै आगामी दिनमा अरू आयआर्जनका कार्यक्रम संचालन गर्न पहल गर्ने प्रतिवद्धता उनले जनाएका थिए ।
कार्यक्रममा व्यवसायिक तथा सीप विकास तालीम केन्द्रका निमित्त केन्द्र प्रमुख लक्ष्मीप्रसाद शर्माले महिलाले तालीमको तीन सय ९० घण्टाको कोर्स पुरा गरेर हासिल गरेको दक्षता र सीपलाई प्रयोग गरेर आत्मनिर्भर बन्न आग्रह गरे । उनले आफ्नो कार्यालयले १६ देखि ४० बर्षभित्रका युवाहरूलाई सीप सिकाउने र स्वरोजगारी बनाउने विभिन्न तालीमहरू प्रदान गर्दै आएको उल्लेख गर्दै हाउस वायरिङस कम्प्युटरस पलम्विङस व्यूटीपार्लरस मोटरसाइकल मर्मत र सिलाई कटाई लगायतका तालीमहरू सिकेर स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सुझाव दिए । त्यसैगरी तालीम प्रशिक्षक गीता रेग्मीले सिकेको सीपलाई व्यवसायिक बनाएर आत्मनिर्भर बन्न सुझाव दिए ।
तालीम समापन कार्यक्रममा बाँसखर्क कृषि समूहका अध्यक्ष सोमबहादुर तिलिजा, नेपाली काँग्रेस बाँसखर्कका सभापति शेरबहादुर खत्री, नेपाली काँग्रेसका पूर्व सभापति चन्द्रबहादुर गर्वुजा, जलजला गाउँपालिका वार्ड नं १ बाँसखर्कका महिला वडा सदस्य रौमाया पूर्जा, दलित वडासदस्य देवि दर्जी, वडा सदस्य युवराज अर्मुजा लगायतले मन्तव्य राखेका थिए ।
श्रीषडाँडा आमा समूहका अध्यक्ष प्रभा न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन समूहका सचिव माया नेपालीले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य श्रीषडाँडा आमा समूहका सदस्य रेणु दर्जीले गरेकी थिइन । बाँसखर्कका २० जना महिलाहरू सहभागी भएको उक्त तालीममा गीता रेग्मीले प्रशिक्षण दिएकी थिइन । तालीम संचालनमा सहयोग पु¥याएको भन्दै आमा समूहको तर्फबाट काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र व्यवसायिक तथा सीप विकास तालीम केन्द्रका निमित्त केन्द्र प्रमुख लक्ष्मीप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।



