काठमाडौं, फागुन १८ –प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीले निर्वाचित भएको प्रमाणपत्र पाउन र सपथग्रहण कार्यक्रममा उपस्थित हुन आवस्यक व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन्।
कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका े चौधरीले बुत्रार कारागारबाटै २० फागुनमा हुने सपथग्रहरणमा उपस्थिति हुन पाउँ भन्दै निवदेन दर्ता गराएको आजको राजधानी दैनिकमा समाचार छ। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीले निवदेदन दर्ता गराएको पुष्टि गरे। उनको निवेदन संघीय संसद सचिवालयमा पठाउने प्रशासनको तयारी रहेको छ। चौधरी कैलाल्ी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।



