काठमाडौं, साउन ३१–स्थानीय तहका निर्वाचन जनप्रतिनिधिहरुले केन्द्रीय सरकारले पर्याप्त जनशक्तिको ब्यवस्थापन गर्न नसक्दा स्थानीय तहको वार्षिक योजना र कार्यक्रम प्रभावित हुनसक्ने भन्दै करारमा कर्मचारी भर्ना गरेर काम अगाडी बढाउनुपर्ने बताउनु भएको छ ।
जिल्लास्थित विषयगत कार्यालयका कर्मचारी पनि अहिलेसम्म स्थानीय तहमा नगएको गुनासो गर्दै उहाँहरुले अब करारमा कर्मचारी भर्ना गरेर भए पनि जनताको काम अगाडी बढाउने केन्द्रीय सरकारलाई चेतावनी दिनुभएको छ ।, यो खबर आजको गोरखापत्रमा छ ।


