संखुवासभा, साउन २१ कांग्रेसका तर्फबाट निर्विरोध निर्वाचित भोटखोला गाउँपालिका-५ संखुवासभाकी दलित सदस्य कमला विकको २३ दिन पछि कंकाल भेटिएको प्रहरीले जनाएको छ । गत असार ३0 बाट हराइरहेकी ३८ बर्षीया बिकको कंकाल अरुण नदी र ठगम खोला दोभानमा भेटिएको हो ।
५० फिटमाथि ढुंगाको चेपमा उनको कंकाल भेटिएको प्रहरीले जनाएको छ । उनको शव भेटिएको स्थानमा चुँडिएको सल पनि फेला परेको छ । विक निर्वाचित भएलगत्तै बेपत्ता भएकी थिइन् । आजको कान्तिपुरमा खबर छ ।


