spot_img

बलात्कार गर्ने बावुलाई २३ बर्ष कैद

भक्तपुर, जेठ २९ – मध्यपुर थिमि ५ की २९ बर्षीया एक महिलाले सोचेकी पनि थिईनन् कि २ बर्षको प्रेमपछि विवाह गरेको पतिले यतिसम्म क्रुर व्यवहार देखाउँलान् भनेर । बेला बेलामा अर्को महिलासंग हिँड्ने परिवारलाई वेवास्ता गर्ने, शारीरिक तथा मानसिक यातना दिने ब्यबहार त बर्षौं सहदै आईन् ।

२०७३ पुष १ को दिउँउसो बजारबाट घर फर्कदाको अवस्था भने सहन सकिनन् । जुन अवस्थाले उनलार्य घर छाड्न बाध्य पार्यो । आफ्नै रगत मुटु ११ बर्षिया छोरी लाई श्रमानले बलात्कार गरेको अपराध कसरी सहनु, उनले भनिन्, आँखैअघि दानवीय ब्यवहार देख्नुपर्यो । जव उनले छोरीको बलात्कार बाबुबाटै भन्ने उजुरी प्रहरीमा टिपाईन त्यसदिनदेखि बाससमेत छाट्नु पर्यो । छोरीलाई पटक पटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आईतबार २३ बर्ष कैद र ३ लाख रुपैया क्षतिपुर्ति भराउने फैसला सुनाएको छ, यो खबर आजको कान्तिपुरमा छ ।

spot_img

भर्खरै