पर्वत, जेठ २३–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज ब्यवस्थापिका संसदमा खसेको मतमध्ये दुई तिहाई बढी मत प्राप्त गरी देउवा प्रधानमन्त्री भएका हुन ।
देउवालाई नेकपा माओबादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक, राजपा नेपाल, संघीय समाजबादी फोरम, अखण्ड नेपाल, नेपाली जनता दललगायत पार्टीको समर्थनमा प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन । उनले सरकारको नेतृत्व गर्ने अवसर चौथो पटक प्राप्त गरेका हुन । संसदमा उपस्थित पाँच सय ५८ संसद मध्ये देउवाको पक्षमा तीन सय ८८ सांसदले मत दिए । बिपक्षमा एक सय ७० मत प¥यो । ब्यवस्थापिका संसदमा हाल पाँच सय ९७ जना सांसद छन् ।



