काठमाडौं, जेठ १५–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर कामचलाउ बनिसकेको सरकारले सोमबार सार्वजनिक गर्ने आर्थिक वर्ष ०७४/०७५ को बजेटको आकार जम्बो हुने भएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। दुई चरणको स्थानीय निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएकाले पुरानै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ खर्ब रुपैयाँ बढीको ल्याउने भएको छ।
चालु वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको छ। आउँदो आर्थिक वर्षको बजेट रकम बढाउनैका लागि आइतबार अपराह्न योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा रहेको स्रोत समितिले बजेटको सीमा बढाएको छ।
यसअघिको सीमा बढाएर १२ खर्ब ८० अर्ब बनाइएको बजेट निर्माणम संलग्न एक अधिकारीले बताए। ‘आइतबार अबेर स्रोत समितिको बैठका बसी सीमा बढाएर १२ खर्ब ८० अर्ब रुपैयाँ बनाइएको छ’ ती अधिकारले भने। यसअघि समितिले १२ खर्ब ६ अर्ब रुपैयाँको बजेट तय गरेको थियो।
नयाँ बन्ने सरकारले पुरक बजेट ल्याउन सक्ने भएकाले अहिले नै आकार बढाउँदा वित्तीय अनुशासन बिग्रने सम्भावना उच्च छ।