spot_img

अब आवेदकलाई कम्तिमा १० कित्ता सेयर

काठमाडौँ, जेठ १५ – सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन्। अब भने त्यस्तो दिग्दारी खेप्नु नपर्ने भएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
हरेक आवेदकले अनिवार्य रूपमा १० कित्ता सेयर पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले साउनदेखि हरेक आवेदकले कम्तिमा १० कित्ता सेयर पाउने व्यवस्था गर्न लागेको हो। बोर्डले सेयर व्यवहारिक रूपमा वितरण गर्न नसकिएको भन्दै त्यसलाई परिमार्जन गरेर कम्तिमा हरेक व्यक्तिलाई १० कित्ता दिनुपुर्ने व्यवस्था गर्न लागेको हो।

spot_img

भर्खरै