spot_img

आयोगले मुख खोल्यो–‘थपिएका स्थानीय तहमा जेठ ३१ मा चुनाव गर्न सक्दैनौ’

पर्वत, जेठ ११ । निर्वाचन आयोगले ४६१ स्थानीय तहमा चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । आयोगले थपिएका स्थानीय तहमा जेठ ३१ मा चुनाव नहुने स्पष्ट पारेको छ ।
सरकारले हालै मात्र तराई मधेका १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुई उमहानगरपालिका वीरगञ्ज र बिराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।
त्यस अनुसार चुनावको व्यवस्था गर्न सरकारले आयोगलाई पत्राचार गरेको छ । सरकारको पत्र पाएपछि बिहीबार बसेको निर्वाचन आयोगको बैठकले यसअघि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार ४६१ स्थानीय तहमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
परिर्वतन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्या लगायतका विस्तृत विवरण अझैसम्म नपाएको भन्दै आयोगले यो प्राप्त भएपछि त्यस अनुसार मतदानता नामावली र स्थानीय तहको केन्द्रमा पुर्‍याउन सम्भव नभएको बताएको छ ।
‘मतदाताको परिर्वतित ठेगाना अनुरुप मतदाता परिचय पत्र छपाई गरी जेठ २७ गतेसम्म सम्वन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्थापन गर्न नसकिने जानकारी गराइन्छ’ आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ । यसअघि आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबले सरकारले स्थानीय तह थप गरेपनि आयोग तोकिएकै मितिमा निर्वाचन गर्न तयार रहेको बताएका थिए ।

spot_img

भर्खरै