काठमाडौं , जेठ १ – मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११ प्रतिशत मताधिकारबाट बञ्चित हुने देखिएको खबर आजको कारोबारमा छ ।
आइतबारको निर्वाचनमा मात्रै करिब ५.५ प्रतिशत नेपाली स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित भएको अनुमान गरिएको छ ।
नेपाल बाहिर हाल ४० लाख भन्दा बढी नेपाली रहेको र तीमध्ये ९० प्रतिशत भन्दा बढी मताधिकारका लागि गोप्य रहेको बताइन्छ ।